Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, असोज २३, २०८१

काठमाण्डौ – सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाख ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार एक सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ४० रुपैयाँले घटेर एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४० रुपैयाँ रहेको थियो ।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२