काठमाडौँ – कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१ ब्रह्मदेवस्थित सीमा इलाकाबाट १२ लाख ७४ हजार २३० भारतीय रुपैयाँ र ५ लाख १३ हजार ७० नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरिएको छ।
नेपालबाट भारततर्फ युके ०३ बी ०९६५ भारतीय नम्बरको स्कुटरमा जाँदै गरेका भारतको चम्पावत टनकपुर ग्राम पञ्चायत टनकपुर बस्ने ४३ वर्षीय अभिशेक गुप्तालााई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको हो।
सो क्रममा स्कुटर पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। उनलाई बरामद रुपैयाँ र स्कुटरसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 91