Aamsanchar

दाङमा ५० किलोभन्दा धेरै लागूऔषध अफिम र चरेससहित तीन जना प*क्राउ

Author Image
बुधवार, असोज २३, २०८१

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनाबाट ५० किलोभन्दा धेरै लागूऔषध अफिम र चरेससहित तीन जना पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा सुविन्द्र पुन र चेतन बुढालाई पक्राउ गरेर खानतलासी गर्दा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिनुभयो ।

सोधपुछका क्रममा अफिम रुकुम पूर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मारेर थप चरेस र अफिम बरामद गरेको हो ।

पक्राउ पर्नेहरूमा ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा र ४२ वर्षीय बिनी पुन रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ३८ किलो ९ सय ७२ ग्राम चरेस र ११ किलो १ सय ८० ग्राम अफिमसहित विभिन्न उपकरणहरू बरामद गरेको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर