Aamsanchar

हेल्भेटासद्वारा पाँचथरका बाढीपहिरो प्रभावितलाई ५२ लाख बराबरको राहत सामग्री सहयोग

Author Image
बुधवार, असोज २३, २०८१

फिदिम – पाँचथरका दुईवटा गाउँपालिकाका बाढीपहिरो प्रभावितलाई हेल्भेटास नेपालले ५२ लाख बढीको राहत सामग्री उपलब्ध गराएको छ । हेल्भेटास र स्वीस सरकारले संयुक्त रुपमा फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकालाई ५२ लाख ५० हजार बराबरको राहत सामग्री प्रदान गरेको हो ।

फालेलुङलाई ३६ लाख र फिदिमलाई १६ लाख ५० हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको हेल्भेटास नेपालकी कोपीला दाहालले जानकारी दिइन् । ‘हामीले स्थानीय सरकारलाई राहत उपलब्ध गराएका छौँ,’दाहालले भनिन् ‘स्थानीय सरकारले बाढीपहिरो प्रभावितलाई राहत प्रदान गर्नेछ ।’

फालेलुङका २ सय ९३ घर परिवार र फिदिमका ९५ घर परिवारका लागि राहत उपलब्ध भएको हो । राहतको प्याकेजमा खाद्यान्न, आवास, भाडाकुँडा, प्राथमिक उपचार तथा सरसफाइसँग सम्बन्धित सामग्रीहरू छन् । नगरपालिकालाई प्राप्त भएको राहत पीडितलाई वितरण गर्न सुरु गरिएको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

नेपाल सरकारले पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाँउपालिका र फाल्गुनन्द गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । हेल्भेटासले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेका पालिकाहरूलाई क्रमशः राहत सामग्री उपलब्ध गराउने हेल्भेटासले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर