Aamsanchar

बिर्तामोड अन्तरवडा फुटबल प्रतियोगितामा वडा नम्बर ५ को दुईवटै टिम फाइनलमा

Author Image
बुधवार, असोज २३, २०८१
बिर्तामोड ।
टाइब्रेकरमा वडा नम्बर ९ लाई हराउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
जितसँगै वडा नम्बर ५ ले वडा नम्बर ४ सँग उपाधिका लागि खेल्ने भएको छ ।
झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनल खेलको निर्धारित समयमा वडा नम्बर ९ र वडा नम्बर ५ बीच १–१ गोलको बराबरी भएको थियो ।
निर्धारित समयमा खेल बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट नतिजा निकालिएको थियो । टाइब्रेकरमा वडा नम्बर ५ भाग्यमानी सावित भयो । उसले वडा ९ लाई ४–२ गोल अन्तरले हरायो ।
यसअघि खेलको ११ औँ मिनेटमा वडा नम्बर ९ को लागि दिशान्त राईले गोल गर्दै अग्रता दिलाए पनि दोस्रो हाफको ६० औँ मिनेटमा वडा नम्बर ५ का सुजन विकले गोल गर्दै खेल बराबरी ल्याएका थिए ।
खेलको प्लेयर अफ म्याच वडा नम्बर ५ का सुजन विक भए । उनलाई समिति उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङ र प्रमुख अतिथि झापा एफसी तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले नगद २ हजार र ट्रफी प्रदान गरे ।
यसअघि भएको भेट्रान प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर २ लाई हरायो । ३–० गोल अन्तरले हराउँदै वडा नम्बर ५ फाइनल प्रवेश गरेको छ ।
भेट्रानको फाइनलमा यसअघि वडा नम्बर १० पुगिसकेको छ । फाइनल खेल भोलि असोज २४ गते हुनेछ ।पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा जारी छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समिति अध्यक्ष विकास गिरीले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी पाउँदा प्रत्येक खेलका प्लेयर अफ द म्याचले नगद दुई हजार र ट्रफी पाउने छन् ।

विधागत रुपमा उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले नगद पाँच हजार र ट्रफी पाउने सदस्य विशाल अग्रवालले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न आठ लाख ४६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर