Aamsanchar

भारतले नेपाललाई ३८ करोड रुपैयाँभन्दा बढी मूल्यका पुल दियो

Author Image
बुधवार, असोज २३, २०८१

काठमाडौँ – भारत सरकारले आज दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलहरूले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न प्रयोग हुने नेपाल स्थित भारतीय दूतावासले जानकारी दिएको हो ।

३८ करोड रुपैयाँभन्दा बढी मूल्यका यी पुलहरू भारत सरकारले अनुदानको रूपमा प्रदान गरेको हो । यी सामानहरू वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हस्तान्तरण गरे । प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका बाँकी खेपहरू आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने दूतावासले जानकारी दिएको छ ।

बुधबार नै भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्रीको दोस्रो खेप हस्तान्तरण गरेका थिए ।

अत्यावश्यक सरसफाइ सामाग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लिपिङ म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर सहितको २१.५ टनको उक्त मानवीय सहायताको खेप भारतबाट आज नेपालगन्ज ल्याई पुर्‍याइएको हो । राहत सामाग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर