Aamsanchar

झापामा दुई वटा मोटरसाइकल ठोक्किँदा २३ वर्षीय युवकको मृ*त्यु, दुई जना घाइते

Author Image
शुक्रवार, असोज २५, २०८१

झापा – झापाको भद्रपुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

 

मेची राजमार्ग अन्तरगत चारआली केचना सडक खण्डको भद्रपुर नगरपालिका-१० स्थित हनुमान चोकमा गएराति ९:५० मा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

प्रदेश १-०१-०१४ प ९९३ नम्बर को मोटरसाइकल चालक भद्रपुर- १० केन्द्र मोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय छोरा आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घाइते भएका भण्डारीलाई ओमसाई हस्पिटल भद्रपुरमा पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

 

त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार भद्रपुर नगरपालिका- १० का २४ वर्षीय बिपान्सु राउत र मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर- ८ का २५ वर्षीय संजिप गिरी घाइते भएका छन् । राउतको ओमसाई पाथीभरा हस्पिटलमा र गिरीको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको डीएसपी चन्दले बताए । दुवै सवारीसाधन प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर