Aamsanchar

दशैं मनाउँन काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

Author Image
शुक्रवार, असोज २५, २०८१

काठमाडौं – एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । उक्त संख्या आज (शुक्रबार)सम्मको भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

१८ लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएको थियो । तर, बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिए ।

“हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ,” उनले भने, “तर, मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।”

अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए ।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर