काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकोले यसपाली विजयादशमीको टीका उल्लासमय नहुने भन्दै उनले टीका नलगाइदिने भएका हुन् ।

यस पटक परिवारका सदस्यसँग बाहेक टीका लगाउने कार्यक्रम नरहेको सन्देश उनले एक भिडियो मार्फत् दिएका हुन् ।

उनले भनेका छन्, ”यतिबेला मेरो मन भारी भइरहेको छ । दशैंको उल्लासमय रमाउनुपर्ने बेला, हाम्रा दिदीबहिनी, दाजुभाइहरू पनि रमाउन नसकिरहेको अवस्थामा म पनि त्यति रमाउन सकिरहेको छैन ।”


Views: 45

