Aamsanchar

दुई महिनामा छ करोड रुपैयाँभन्दा धेरैको तास आयात

Author Image
शनिवार, असोज २६, २०८१

काठमाण्डौ – चालू आर्थिक वर्षको दुई महिनामा छ करोड रुपैयाँभन्दा धेरैको तास आयात भएको छ । भन्सार विभागका अनुसार साउन र भदौमा गरेर छ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भएको हो ।

सरकारले जुवा तासलाई गैरकानुनी क्रियाकलाप मानेर कारबाही गरे पनि तास आयात भने खुला गरेको छ । दशैँ र तिहारलाई लक्षित गरेर साउन र भदौमा तास आयात वर्षेनि बढ्ने गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार यो वर्षको साउन र भदौमा २० लाख सात हजार आठ सय ९२ बुक तास आयात भएका छन् । गएको अघिल्लो वर्ष २०८०÷८१ मा ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर