Aamsanchar

दसैंमा टीका लगाउन आफन्तकाेमा गएका बेला तीन घरमा चाेरी

Author Image
सोमवार, असोज २८, २०८१

धनगढी-सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा तीन घरमा चोरी भएको छ । चाडपर्वको बेला घरमा कोही नभएको मौका छोपेर चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ फिस रिसोर्टनजिक घर रहेको कल्ना विक, शिवलाल अर्याल र धनगढी उपमहानगरपालिका–१३ नवदुर्गा टोलका दीपेन्द्रबहादुर कुँवरको घरबाट सुनसहित नगद चोरी भएको प्रहरीको भनाइ छ ।

विक टीका लगाउन कञ्चनपुरको झलारीस्थित माइतीघर गएको बेला घरको मुल ढोकाको ताल्चा तोडेर चोरले सुन चोरेको जनाइएको छ । आफू माइत गएको बेला घरबाट तीन तोला सुन चोरी भएको भन्दै विकले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।

यसैगरी, सोही वडाकै अर्याल असोज २६ गते दसैं मनाउन कञ्चनपुरको पुनर्वास गएको बेला घरमा चोरी भएको छ । अर्यालले घरमा चोरी भएको बारे हिजोमात्र प्रहरीलाई जानकारी गराएको बोहोराले बताउनुभयो ।

प्रहरीका अनुसार चोरले दराज फुटाएर अर्यालयको घरबाट ७० हजार रुपियाँ चोरेर लगेको छ । यस्तै, कुँवरको घरबाट २१ हजार रुपियाँ चोरी भएको छ । तीनवटै चोरीका घटनाबारे हिजोमात्र जिल्ला प्रहरी कार्यालयमा जानकारी आएको प्रवक्ता बोहोराले बताउनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर