काठमाडौं । आज मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु वीपी राजमार्गमा चल्ने भएका छन् । बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।
दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले आज सोमबारदेखि ठूला बसहरु चलाउन खोजे पनि चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या भएका कारण साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन सावधानीपूवर्कक सञ्चालन गर्न दिन लागिएको डिभिजन प्रमुख सीडीई सुमन योगेशले जानकारी दिए ।
वीपी राजमार्गमा साना सवारी साधन मात्र सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरिएको छ । भकुन्डेबेसी बर्षेखोला खण्डमा अहिले पनि सुख्खा पहिरो झर्ने जोखिम रहेको हुँदा रातको समयमा यात्रा नगर्न समेत सबैलाई आग्रह गरिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 50