Aamsanchar

ब्रेक फेल भएर खोटाङमा बोलेरो दुर्घटना

Author Image
मङ्गलवार, असोज २९, २०८१

खोटाङ-खोटाङमा बोलेरो दुर्घटना भएको छ । रावाबेसी गाउँपालिका–१ कुभिन्डेमा बोलेरो दुर्घटना हुँदा चालकसहित ८ जना यात्रु रहेको बोलेरोमा ६ जना घाइते भएका हुन् ।

घाइतेहरूको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।

रावाबेंसी गाउँपालिका-४ डुम्रेधारापानीबाट दिक्तेल आउँदै गरेको स १ ज ५५८ नम्बरको बोलेरो कुभिन्डे हाँचेकामा मङ्गलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घाइते हुनेहरुमा रावाबेंसी गाउँपालिका–४ डुम्रेधारापानीका ९० वर्षीया पूर्णमाया तामाङ, ४४ वर्षीय सुद्रबहादुर मगर, लफ्याङका ४० वर्षीया कविता मुग्राती, पाथेकाका ३७ वर्षीया रामकुमारी सार्की, ४० वर्षीया गीता सार्की र सोल्माका बलराम कट्वालका ६ वर्षका छोरा विद्या कट्वाल छन् ।

बोलेरोका चालक २६ वर्षका सुजन सार्की र अर्का एक यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बोलेरो ब्रेक फेल भएर सडकमै पल्टिएको थियो । घाइतेहरूको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर