Aamsanchar

आज एकैदिन एक हजार पाँच सय भक्तजनले पाथीभराको दर्शन गरे

Author Image
मङ्गलवार, असोज २९, २०८१

ताप्लेजुङ-मङ्गलबार एक हजार पाँच सय भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)को दर्शन गरेका छन् । पछिल्लो केही दिनयता तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने क्रमसँगै मङ्गलबार एकैदिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार मङ्गलबार एक हजार ४९५ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । उक्त सङ्ख्या असोज महिनाकै सबैभन्दा भक्तजनको सङ्ख्या भएको पनि समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीले जानकारी दिनुभयो । उहाँकाअनुसार सोमबार ४२७ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए ।

यस पटक पाथीभरा दर्शन गर्ने मुख्य समय अर्थात् दसैँको नवरात्रिको अवधिमा भक्तजनले पाथीभरा दर्शन गर्न पाएका थिएनन् । अविरल वर्षापछिसँगै बाढीपहिरोले असोज १२ गतेदेखि मेची राजमार्ग अवरुद्ध बनाएपछि तीर्थयात्रीको आउजाउ ठप्प बनेको थियो । पाँचथरको हेँवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाएर अवरुद्ध बनेको मेची राजमार्ग करिब डेढ सातापछि खुलेसँगै तीर्थयात्रीको आउजाउ सुरु भएको हो ।

राजमार्ग सञ्चालनमा आएपछि तीर्थयात्रीको आगमन वृद्धि हुँदै गएको र निरन्तर बढ्दो क्रममा रहेको पनि पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । उहाँकाअनुसार हाल बाहिरका जिल्लासँगै भारतको सिक्किम, दार्जिलिङ लगायतबाट पाथीभरामा तीर्थयात्री आउने क्रम रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर