Aamsanchar

सुनको भाउ अहिलेसम्मकै उच्च, ताेलाकाे कति पुग्यो ?

Author Image
बुधवार, असोज ३०, २०८१

काठमाण्डौ – सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा १ लाख ६१ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

दशैँ बिदापछि कारोबार भएको पहिलो दिन हिजो सुनको भाउ तोलामा १ लाख ६० हजार पाँच सय रुपैयाँमा रहेको थियो । यसअघि यही असोज १८ गते सुनको भाउ तोलामा १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय २५ रुपैयाँ रहेको थियो ।

Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२