Aamsanchar

दशैं टीकाको दिन गैरीगाउँमा दुर्घटनाका घाइतेलाई अस्पताल छाडेर फरार कार चालक प*क्राउ

Author Image
बुधवार, असोज ३०, २०८१

काठमाडौं – दशैं टीकाको दिन काठमाडौं–३२, तिनकुने गैरीगाउँमा एक यात्रुलाई ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, काठमाडौं–३२ विनोद महरा भन्ने रामविनय रामको मृत्यु भएको घटनामा संलग्न मोरङ स्थायी घर भइ कुपण्डोल बस्दै आएका ४० वर्षीय निरज विष्ट पक्राउ परेका हुन् ।
एसपी अधिकारीका अनुसार, विष्टले चलाएको बा ३ च ९४४ नम्बरको कारले ठक्कर दिँदा राम गम्भीर घाइते भएका थिए । उनले लगत्तै रामलाई केएमसी अस्पताल पुर्‍याएर फरार भएका थिए ।
घाइते रामलाई उपचारका क्रममा चिकित्सकहरुले मृत घोषित गरेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर