Aamsanchar

सर्पले डस्दा इलामका एक युवाकाे भारतकाे केरलामा मृ*त्यु

Author Image
बिहिवार, कार्तिक १, २०८१

इलाम : सूर्योदय १४, भुतेनी टोलका २९ वर्षे मनकुमार योङहाङको भारत केरलामा मृत्यु भएको छ।

रोजगारीका लागि तीन वर्षयता केरलामा रहेका योङहाङलाई सोमबार बिहान ४ बजेतिर नेपियर रोपिएको ठाउँमा गाईको गोबर फ्याँक्ने क्रममा विषालु सर्पले डसेको थियो।

उपचार क्रममा हिजो साँझ मनकुमारको मृत्यु भएको उनका काका इन्द्र सुब्बाले जानकारी दिए।

योङहाङका बुबा पनि रोजगारीक्रममा केरलामै छन्। मनकुमारको शव नेपाल ल्याउने प्रक्रिया रहेको इन्द्रको भनाइ छ। मनकुमारका पत्नी र छोरी छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर