Aamsanchar

सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनायाे

Author Image
बिहिवार, कार्तिक १, २०८१

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबारको उच्च मूल्यलाई ब्रेक गर्दै छापावाल सुन आज हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो ।

छापावाल सुन आज प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । बुधबार एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर