Aamsanchar

चर्चित पप गायक लियाम पेनेको ३१ वर्षको उमेरमा निधन

Author Image
बिहिवार, कार्तिक १, २०८१

काठमाण्डौ – चर्चित पप ब्याण्ड ‘वन डाइरेक्शन’ का पूर्वसदस्य गायक लियाम पेनेको ३१ वर्षको उमेरमा ज्यान गएको छ । अर्जेन्टिनामा ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको ज्यान गएको बीबीसीले जनाएको छ । पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलमा यो दुर्घटना भएको हो । यसै महिनामा उहाँले अर्जेन्टिनामा भएको एक कन्सर्टमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।

वेलायतमा जन्मिएका पेने सन् २०१० मा आफ्नै देशको रियालिटी शो ‘द एक्स फ्याक्टर’ मा सहभागी भएपछि पेनेसहित जयान मालिक, ह्यारी स्टाइल, लौइस टमलिनसन र नियाल होरानले ‘वन डाइरेक्शन’ नामक पप ब्याण्ड बनाउनुभएको थियो । यो ब्याण्ड २०१६ मा निष्क्रिय भएको थियो ।

पाँच वटा एल्बल निकालेको यस ब्याण्डले २०१३ मा निकालेको तेस्रो एल्बम मिडनाइट मेमोरिज २०१३ विश्वभर धेरै बिक्रि भएको एल्बम बनेको थियो । उहाँको निधन भएको खबर फैलिएपछि प्रशंसकहरू ब्युनस आयर्सको होटल बाहिर भेला भएका छन् । श्रद्धाञ्जलीका लागि ठूलो भिड जम्मा भएका कारण प्रहरीले होटलको प्रवेशद्वार बन्द गर्नुपरेको खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर