Aamsanchar

साउदी अरबस्थित नेपाली दूतावास ‘छक्का पञ्जा–५’को प्रचारमा, सामाजिक संजालमा आलोचना

Author Image
बिहिवार, कार्तिक १, २०८१

काठमाडौं – साउदी अरबस्थित नेपाली दूतावासले गत बिहीबारबाट प्रर्दशनमा आएको चलचित्र ‘छक्का पञ्जा–५’को प्रचारप्रसार गरेको छ ।

दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत साउदी अरबमा उक्त चलचित्र प्रदर्शन हुन लागेको भन्दै त्यहाँ रहेका नेपालीलाई हेर्न अनुरोध गरेको छ ।
साउदी अरबमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूका लागि जानकारी,” दूतावासले आफ्नो फेसबुक पेजमा भनेको छ, “१७ अक्टोबर २०२४ देखि साउदी अरबका विभिन्न सहरमा पहिलोपटक नेपाली चलचित्र ‘छक्का पञ्जा–५’ एकै साथ प्रर्दशन हुने भएकाले नजिकको सिनेमा हलमा गएर चलचित्र हेर्न सकिने व्यहोरा जानकारी गराइन्छ ।”

दूतावासले साउदी अरबमा ‘छक्का पञ्जा–५’ प्रशर्दन हुने सहर र चलचित्र हलको पूर्णविवरण र थप जानकारी आवश्यक परे सम्पर्क गर्न भन्दै एक व्यक्तिको नाम र मोबाइल नम्बर पनि उपलब्ध गराएको छ ।

दूतावासले आफ्नो फेसबुक पेजमा ‘छक्का पञ्जा–५’ को पोस्टर पनि राखेको छ ।

साउदी अरबमा ४ लाखभन्दा बढी नेपाली कार्यरत छन् । सयौँ नेपाली दैनिक आफ्ना समस्या लिएर दूतावास जाने गर्छन् । जनशक्तिको अभाव देखाउँदै दूतावासले उनीहरूलाई महिनौँ अल्झाउने गर्छ । यस्तो बेला दूतावास भने कमर्सियल सिनेमा ‘छक्का पञ्जा–५’को प्रचारमा लागको छ ।

‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर