Aamsanchar

गुडिरहेको सुमोबाट खसेर ८ वर्षिय बालकको ज्यान गयाे

Author Image
शुक्रवार, कार्तिक २, २०८१

खोटाङ – गुडिरहेको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दिपक बस्नेतका ८ वर्षका छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रतीक बिष्टका अनुसार बिहीबार राति करिब ८ः३० बजेको समयमा बालक गाडीबाट खसेका हुन्। खाल्लेबाट खानीडाँडातर्फ आउँदै गरेको ना १ ज ५७४३ नम्बरको सुमो गाडीबाट बालक हेमन्त खसेको बताइएको छ।

गाडी चालक गोविन्द कट्वाललाई नियन्त्रणमा लिइएको छ। ​ मृतक बालकको शव हाल जिल्ला अस्पतालको शव गृहमा राखिएको छ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर