Aamsanchar

२० दिनदेखि बुद्धसिंह मार्ग अवरुद्ध

Author Image
शुक्रवार, कार्तिक २, २०८१

तनहुँ – बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध छ । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा नागरिकलले कष्टकर यात्रा गर्नुपरेको गुनासो गरेका छन् । बुद्धसिंह मार्गका खसेको धेरै ठाउँका पहिरो पन्छाएपनि नाल्दीघाटको पहिरो अझैसम्म हटाइएको छैन ।

पहिरोका कारण यो सडकको व्यास नगरपालिकामा रहेको बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघरलगायत ठाउँमा सडक अवरोध भएको छ । पहिरा हटाउन पटकपटक माग गरे पनि सुनुवाइ नभएको बुद्धसिंह मार्ग सरोकार समितिका संयोजक सिद्धान्त थापाले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने मार्गअन्तर्गत दमौलीबाट सुँढेसम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर