Aamsanchar

विपक्षी दलहरुले सरकारलाई ज्ञापनपत्र बुझाउने

Author Image
शुक्रवार, कार्तिक २, २०८१

काठमाण्डौ – विपक्षी दलहरुले समसामयिक विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् ।

आज बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको बैठकले बाढीपहिरो र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

बाढीपहिरो पीडितलाई उद्धार तथा राहतमा भएको ढिलाइबारे प्रश्न गर्दै ज्ञापन पत्र बुझाउने विपक्षी दलहरुको तयारी छ । नागरिकको आवश्यकता सम्बोधन गर्न र सुशासन कायम राख्न सरकार असफल भएको विपक्षी दलहरुको निष्कर्ष छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगुवाइमा भएको बैठकमा संसदको विशेष अधिवेशनबारे छलफल भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर