Aamsanchar

धरानमा जुवा खेलिरहेका दश जना पक्राउ

Author Image
शुक्रवार, कार्तिक २, २०८१

धरान – सुनसरीमा जुवा खेलिरहेको अवस्थामा दशजना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धरान उपमहानगरपालिका -१ स्थित मदन ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाज जबेगुले बताए ।

ढकालको घरमा दैनिक जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवश कुँवर नेतृत्वको प्रहरी टोली परिचालन गरी उनीहरूलाई पक्राउ गरिएको डिएसपी जबेगुले बताए । दुईजना भने फरार रहेका छन्।

जुवाडेको साथबाट ५९ हजार ६ सय ८० रुपैयाँ नगद र तास बरामख गरिएको डिएसपी जबेगुले बताए । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान हुने प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर