Aamsanchar

बालिकालाई यौन व्यवसायमा लगाउने नयाँ बसपार्कस्थित नीमा गेष्टहाउसका संचालक प*क्राउ

Author Image
शुक्रवार, कार्तिक २, २०८१


काठमाडौं- बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भइ काठमाडौंको नयाँ बसपार्कस्थित नीमा गेष्टहाउस सञ्चालन गर्दै आएका २९ वर्षीय सुजन तामाङ छन् ।

उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।उनले बालिकालाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

प्रति ग्राहक १ घण्टादेखि २ घण्टासम्म यौन सम्पर्क गरे वापत उनले २ देखि ३ हजार रुपैयाँ बुझ्ने गरेको एसपी मिश्रले बताए ।पीडित बालिकालाई उनले एक महिनादेखि गेष्टहाउसबाट बाहिर निस्कन समेत नदिई यौन व्यवसायमा लगाएको आरोप छ ।

बालिका बिरामी हुँदा समेत उपचार गर्नुका साटो यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोले जनाएको छ ।बिहीबार गेष्टहाउसबाटै पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर