Aamsanchar

आज पनि बालबालिकालाई भिटामिन ´ए` र जुकाको औषधि खुवाइँदै

Author Image
शनिवार, कार्तिक ३, २०८१

काठमाण्डौ – आज पनि बालबालिकालाई भिटामिन ´ए` र जुकाको औषधि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन ´ए` र जुकाको औषधि खुवाउने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी निुभयो ।

शाखा प्रमुख थापाले सात सय ५३ वटै पालिकामा औषधि खुवाउने व्यवस्था रहेको भन्दै पायक पर्ने विद्यालय, वडा कार्यालय वा खोप केन्द्रहरूमा लगेर बालबालिकालाई औषधि खुवाउन आग्रह गर्नुभयो ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ´ए` क्यापसुल तथा एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि खुवाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर