Aamsanchar

सुरुङ्गामा खुला देउसी भैलो प्रतियोगिता हुने 

Author Image
शनिवार, कार्तिक ३, २०८१

फायल फोटो ।

कनकाई । झापाको सुरुङ्गामा खुला समूहगत देउसी भैलो प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपालीहरूको दोस्रो ठुलो सांस्कृतिक चाड तिहारको अवसरमा प्रतियोगितात्मक देउसी भैलो आयोजना हुन लागेको हो ।

‘लोक संस्कृतिको प्रबन्धन हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ कनकाई–३, सुरुङ्गाको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले विगतका वर्षहरूमा पनि आयोजना गर्दै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने समूहले कार्तिक १३ गते सम्म नाम दर्ता गरिसक्नु पर्ने छ । ५ देखि १५ जना ले मात्र टोलीमा सहभागी जनाउन सक्नेछन् । १० देखि १५ मिनेट समय भित्र प्रस्तुत गरिसक्नु पर्ने देउसी भैलोमा सहभागीहरूले परम्परागत लोक संस्कृति झल्कने पहिरन अनिवार्य लगाउनु पर्ने आयोजकले नियम बनाएको छ ।

कार्तिक १४ गते सम्पन्न गरिने देउसी भैली प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुने समूहले नगद १० हजार पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी  सान्त्वना पुरस्कारको पनि व्यवस्था रहने आयोजक श्री हरिकुल नमुना माध्यमिक विद्यालयकी कार्यकारी निर्देशक ग्रीशा रावलले बताइन ।

खुला प्रतियोगिता भएकोले विद्यालय र समुदायका देउसी टोलीले प्रतियोगितामा सामेल हुन सक्ने बताइएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर