Aamsanchar

बिर्तामोड ५ मा व्यक्तिको फाइदाका लागि २ सय मिटर कालोपत्रेमा क्षति पुर्‍याएपछि स्थानीयद्वारा आपत्ती

Author Image
शनिवार, कार्तिक ३, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित शनिश्चरे रोड पुरानो ग्लोवल बैंकको कार्यालय छेउमा एक व्यक्तिले आफ्नो घरमा खानापानीको पाइप पुर्याउने क्रममा सार्वजनिक सडक खनेर ठुलो क्षति पुर्याएको भनेर स्थानीयले उक्त कार्यको विरोध गर्दै वडा कार्यालयमा उजुरी निवेदन दिएका छन् ।

स्थानीय भक्तिप्रसाद सुवेदीले आफ्नो घरमा खानेपानी नआएको भन्दै आफूखुसी २ फिट गहिरो, २ सय मिटर दुरीसम्म कालोपत्रे सडकमा क्षति पुर्याएको जानकारीसहितको स्थानीय केदार खनालले वडा कार्यालयमा निवेदन पेश गरेका छन् ।

सडकमा खाल्डो बनाएको कारण सर्वसाधारणलाई आवागमनमा समस्या भएकोले वडा कार्यालयमा निवेदन दिएको खनालले बताए ।
निवेदन उपर वडाध्यक्ष रोहित प्रसाईँले मेलमिलाप मार्फत समस्याको समाधान खोजिने आमसंचारलाई जानकारी दिएका छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर