Aamsanchar

ईपीएल फुटबलमा आज सात वटा खेल हुँदै

Author Image
शनिवार, कार्तिक ३, २०८१

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आज सात वटा खेल हुँदैछन् । आज बेलुकी सवा ५ बजे हुने पहिलो खेलमा टोटेनहम हट्सपुर र वेस्ट ह्याम युनाइटेड खेल्दैछन् । टोटनह्याम तालिकाको नवौं र वेस्ट ह्याम १२ औं स्थानमा छन् ।

यस्तै राति पौने ८ बजे इप्सविच टाउन र एभर्टन खेल्दैछन् । इप्सविच टाउन तालिकाको १७ औं र एभर्टन १६ औं स्थानमा छन् । राति पौने ८ बजे नै म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्ड खेल्दैछन् । युनाइटेड तालिकाको १४ औं र ब्रेन्टफोर्ड ११ औं स्थानमा छन् । यस्तै राति पौने ८ बजे फुलहाम र एस्टन भिला खेल्दैछन् । फुलहम तालिकाको आठौं र एस्टन भिला पाँचौं स्थानमा छन् ।

यस्तै पौने ८ बजे नै न्युक्यासल युनाइटेड र ब्राइटन खेल्दैछन् । न्युक्यासल तालिकाको सातौं र ब्राइटन छैटौं स्थानमा छन् । यस्तै राति पौने ८ बजे साउथ्याम्पटन र लेस्टर सिटी खेल्दैछन् । साउथ्याम्पटन तालिकाको अन्तिमबाट दोस्रो र लेस्टर सिटी १५ औं स्थानमा छन् ।

यस्तै आज हुने अन्तिम खेलमा राति सवा १० बजे बर्नमाउथ र आर्सनल खेल्दैछन् । आर्सनल तालिकाको तेस्रो र बर्नमाउथ १३ औं स्थानमा छन् । आजको खेलमा आर्सनललाई शीर्ष स्थानमा उक्लिने मौका छ । इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष र म्यानचेस्टर सिटी दोस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर