Aamsanchar

झापास्थित गिरीबन्धु टी स्टेटको आँगनमा प्रदर्शन

Author Image
शनिवार, कार्तिक ३, २०८१

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरूले झापाको गिरीबन्धु टी स्टेटको आँगनमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले गिरीबन्धु टी स्टेटको गेटबाट पार्टी सभापति रवि लामिछानेको पक्षमा र सरकारको विपक्षमा नाराबाजी गरेका छन् ।
उनीहरूले ‘रवि दाइ, हाई हाई, भ्रष्ट सरकार बाई बाई,’ ‘नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ,’ ‘नेपाली कांग्रेस, मुर्दावाद,’ ´नेकपा (एमाले), मुर्दावाद,`सहितका नारा लगाएका छन् ।

सहकारी प्रकरणमा लामिछाने पक्राउ परेपछि रास्वपाका नेताकार्यकर्ताले देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिरहेका छन् । लामिछानेलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर