Aamsanchar

साफ महिला च्याम्पियनसिप : आज बंगलादेश र पाकिस्तान भिड्ने

Author Image
आइतवार, कार्तिक ४, २०८१

ललितपुर – साफ महिला च्याम्पियनसिपमा आज बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

समूह ए मा रहेका यी दुई टोलीबीचको भिडन्तले सेमिफाइनलमा जाने टोलीको टुङ्गो लगाउनेछ। पाकिस्तानले पहिलो खेलमा भारतसँग ५–२ को हार भोगेको थियो भने बंगलादेशले पहिलो खेल खेल्दैछ।

यो खेलको नतिजाले पाकिस्तानको अन्तिम चारमा जाने या नजाने टुङ्गो लाग्नेछ। बंगलादेशसँग पाकिस्तान पराजित भए प्रतियोगिताबाट बाहिरिने छ। जसको फाइदा एक खेल अघि नै भारत र बंगलादेशलाई पुग्नेछ।

सो नतिजाले उनीहरु सेमिफाइनलमा पुग्नेछन्। यसैगरी जितले पाकिस्तानको संभावना जिवितै रहनेछ भने बराबरीले बंगलादेश र भारतबीचको नतिजा कुर्नुपर्नेछ।

साफ महिला च्याम्पियनसिपको इतिहासमा बंगलादेश र पाकिस्तान जम्मा एक पटक मात्र आमनेसामने भएका छन्। सन् २०२२ को काठमाडौंमै सम्पन्न छैटौँ संस्करणको समूह चरणमा बंगलादेशले पाकिस्तानलाई ६–० ले हराएको थियो।

यो प्रतियोगिताको सातौं संस्करणसम्म आइपुग्दा बंगलादेशले एक पटक उपाधि जितेको छ भने एक पटक फाइनलमा हारेको छ। सन् २०२२ मा नेपाललाई हराएर उपाधि जितेको बंगलादेशले सन् २०१६ मा फाइनलमा भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो। दक्षिण एसियामा नयाँ शक्ति बनेर बंगलादेश उदाएको छ ।

अहिलेसम्म ५ संस्करणमा मात्र सहभागी भएको पाकिस्तानका लागि पहिलो संस्करणमा सेमिफाइनलसम्म पुग्नु नै प्रतियोगिताको सबैभन्दा ठूलो उपलब्धि हो।

बंगलादेशी टिमको प्रशिक्षण सम्हालेका इंग्ल्याण्डका पिटर बटलरले टोलीमा युवा र सिनियर खेलाडीहरुको मिश्रण रहेको बताए। उनले अहिले आफ्नो टिम सन्तुलित र अहिले लयमा रहेको बताए।

‘टोलीमा युवा र सिनियर खेलाडीहरूको मिश्रण रहेको छ’ उनले भने, ‘टीममा युवा, अनुभवी खेलाडीको मिश्रणले टिममा लय थपेको छ, अघिल्लो पटक च्याम्पियन बनेका टिमका खेलाडीहरू पनि अहिले टिममा रहेका छन्, जसले मनोबल बढाएको छ।

उनले हरेक खेललाई महत्व दिएर खेल्ने बताए। ‘हामीले सेमिफाइनलमा को आउँछ भनेर सोचेका छैनौं, हाम्रो लागि पहिलो खेल महत्वपूर्ण हुनेछ।’, उनले भने र, पाकिस्तान पहिलो खेलमा हारेका कारण हामी कम दबाबमा हुनेछौँ।’

पहिलो खेल भारतसँग गुमाएको पाकिस्तानका लागि बंगलादेशसँगको खेल जित्नैपर्ने दबाबमा छ। पाकिस्तानी मुख्य प्रशिक्षक खदिल रिज्कीले प्रतियोगिता सुरु हुनु अघि नै टिम दबाबमा भन्दा इन्जोए गरेर खेल्ने बताएका थिए। जस अनुसार धमाधम गोल खाएको पाकिस्तानलले २ गोल फर्काएर खेलमा फर्कने प्रयास गरेको थियो।

खेल हारेपनि पाकिस्तानको प्रर्दशन राम्रो रहेको थियो। ‘भारतसँगको खेल दबाबमा भन्दा इन्जोए गरेर खेल्ने भनेका थियौं, त्यही अनुसार खेल्यौँ,प्रशिक्षक खदिलले भने, ‘ पहिले भन्दा टिम राम्रो छ, बंगलादेश पनि दक्षिण एशियाको बलियो राष्ट्र हो , हामी दबाबमा छौँ , आशा गरौँ राम्रो प्रदर्शन गर्नेछौं।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर