Aamsanchar

गाजामा इजरायली आक्रमण, ७३ जनाको ज्यान गयाे

Author Image
आइतवार, कार्तिक ४, २०८१

उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली आक्रमणमा परी कम्तीमा ७३ जनाको ज्यान गएको छ । इजरायली आक्रमणमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

शनिवार राति भएको आक्रमणमा धेरै जना घाइते भएको उल्लेख छ तर घाइतेहरूको सङ्ख्या उपलब्ध छैन । हमासका अधिकारीहरूले बम विष्फोटपछि धेरै मानिस अझै पनि भग्नावशेषमुनि फसेका बताएका खबरमा उल्लेख छ ।

यो आक्रमणको सम्बन्धमा इजरायलले यससँग सम्बन्धित रिपोर्टको छानबिन गरिरहेको जनाएको छ । इजरायली सेनाले हमासले घटनाको बारेमा बढाइचढाइपूर्ण जानकारी दिएको र यो आफूहरूको जानकारीसँग नमिल्ने बताएको छ ।

गाजाका स्वास्थ्य अधिकारीहरूले बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा पूर्णरूपमा बन्द भएकाले उद्धार कार्यमा बाधा पुगेको बताएका छन् । इजरायलले पछिल्लो आक्रमणमा भीडभाड भएको ठाउँलाई निशाना बनाएको हमास नियन्त्रित सरकारी मिडियाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर