Aamsanchar

गाईघाटबाट काँकरभिट्टा आइरहेको बस दुर्घटना हुँदा २१ वर्षीया युवतीको घटनास्थलमै मृ*त्युु, २६ जना घाइते

Author Image
आइतवार, कार्तिक ४, २०८१

झापा:  सप्तरीकाे कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।

२६ जना घाइते भएका छन् । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा आठजना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टा आईरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर