

काठमाडौं – सुनको मुल्यले आज पनि नयाँ किर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार पुगेको हो।
यस अघि शुक्रबार सुन तोलाको एक लाख ६४ हजार ४०० मा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २०७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Views: 69

