Aamsanchar

पोखरामा निषेधित क्षेत्र घोषणा

Author Image
आइतवार, कार्तिक ४, २०८१

काठमाण्डौ – कास्कीमा दुई पक्षको प्रदर्शनलाई मध्यनजर गरी जिल्ला प्रशासनले निषेधित क्षेत्रको घोषणा गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्नुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउपछि कास्कीको पोखरामा भइरहेको प्रदर्शनलाई ध्यानमा राखेर पोखराको शहीद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

शहीद चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यी क्षेत्रमा पाँच जनाभन्दा धेरै भेला भएमा कानूनअनुसार कारबाही हुने प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले सबै पक्षलाई संयमता अपनाउन अपिलसमेत गर्नुभएको छ । सुरक्षा सतर्कता पनि बढाइएको छ । सहकारी ठगीको आरोपमा प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई अस्ति काठमाण्डौमा पक्राउ गरी पोखरा पुर्‍याएको हो । पक्राउ परेका लामिछानेलाई आजै अदालतमा पेश गरिँदैछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर