Aamsanchar

पोखरामा रास्वापाका कार्यकर्ता र प्रहरीबीच मुठभेटको अवस्था सिर्जना

Author Image
आइतवार, कार्तिक ४, २०८१

काठमाडौं । कास्की जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का कार्यकर्ता र प्रहरीबीच मुठभेटको अवस्था सिर्जना भएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सूचना जारी गर्दै पोखरा महानगरपालिकाको चार किल्लाभित्रको क्षेत्रमा लागु हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको गरेका थिए ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । प्रहरीले पोखराको सहिद चोकबाट रास्वपा कार्यकर्ता हटाउन खोजेपछि मुठभेटको अवस्था आएको हो ।
शुक्रबार रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वस्पाले पोखरामा विरोध जारी रोखेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर