Aamsanchar

मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने एक जना काकरभिट्टाबाट पक्राउ

Author Image
आइतवार, कार्तिक ४, २०८१

झापा –पूर्वी नाका काँकडभिट्टाबाट १३ ग्राम ब्राउनसुगरसहित काभ्रेका एक युवक पक्राउ परेका छन् ।

 

मलद्वारमा लुकाएर ल्याउँदै गर्दा काभ्रेपलान्चोकको साबिक गा.बि.स. भिमखोरी ८ बस्ने २६ वर्षीय होमकुमार मैनाली पक्राउ परेका हुन् ।

गएराति ९ः३० बजे मेचीनगर– ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आईरहेका मैनालीलाई शंका लागेर शरीर तलासी लिँदा मलद्वारमा प्लाष्टिकसहित १४ ग्राम ८५० मिलिग्राम र प्लाष्टिकबाहेक १३ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर