Aamsanchar

जिल्ला अस्पतालका मेसु कुटपिट गर्ने एक नेता पक्राउ

Author Image
आइतवार, कार्तिक ४, २०८१

धरान – जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष राईलाई कुटपिट गर्ने कांग्रेस नेता पक्राउ परेका छन्। शनिबार डाक्टर राईलाई कुटपिट गर्ने कांग्रेस इनरुवा नगर समितिका सचिव खेमराज थापा पक्राउ परेका हुन्।

 

बिरामी आमालाई जिल्ला अस्पताल इनरुवामा उपचार गर्न ल्याएका कांग्रेस नेता थापाले डाक्टर राईलाई अपशब्द बोली कुटपिट गरेका थिए। थापाले कार्यकक्षमा आएर अपशब्द बोली आफूलाई कुटपिट गरेर दादागिरी गरेपछि थापालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएको बताए। उनले थापाको हर्कतका कारण अस्पतालका स्वास्थ्यकर्मीहरू असुरक्षित भएकाले शान्ति सुरक्षा मिलाउन स्थानीय प्रशासन समक्ष माग गरेका छन्।

राईले थापा विरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सम्बन्धी ऐन २०६६ को दफा ३ बमोजिमको कसुर अन्तर्गत कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका छन्। सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले डाक्टर राईलाई कुट्ने थापालाई पक्राउ गरि कानुनी कारबाही अगाडि बढाइएको बताए। उनले थापा विरुद्धको जाहेरी दर्ता गरि घटनाको थप अनुसन्धान थालिएको जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर