Aamsanchar

धरानका मेयर हर्क साम्पाङ्काे निर्णय कार्यान्वयन नगर्न अदालतकाे अल्पकालीन आदेश

Author Image
आइतवार, कार्तिक ४, २०८१

विराटनगर – अदालतले सुनसरीको धरान उपमहानगरपालिका कार्यवाहक मेयरलाई तत्कालीन अवस्थामा काम नगर्न आदेश दिएको छ । मेयर हर्क साम्पाङ बेलायत भ्रमणमा गएपछि धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए ।

तर, कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ । विधि विधान विपरीत वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिइएको भन्दै उपमेयर आइन्द्र विक्रम बेघाले अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालतका न्यायधीश ध्रुवराज नन्दको इजलासले कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आइतबार आदेश दिएको हो । कार्यवाहक मेयर नातामा साम्पाङका मामा ससुरा हुन् ।

ुकार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिनसम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१/ ६/ २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नुु भन्ने अदालतको आदेशमा उल्लेख छ ।

उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)