Aamsanchar

केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा आलोचना गरेको भन्दै एमालेले भीम रावलसहित विन्दा पाण्डे र उषाकिरणसँग स्पष्टीकरण सोध्ने

Author Image
आइतवार, कार्तिक ४, २०८१

काठमाडौं । नेकपा (एमाले)ले भीम रावलसहितका तीन जना नेताहरूलाई स्पष्टीकरण सोध्ने भएको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नेता रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

एमाले केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनीहरुले पार्टीले जग्गा दान लिएकोबारे आलोचना गर्दै उक्त निर्णय सच्चाउन पार्टी नेतृत्वलाई सुझाव समेत दिएका थिए ।

गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो ।

२५ गते गुरुङसहित एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर