Aamsanchar

महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डलाई

Author Image
सोमवार, कार्तिक ५, २०८१

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ।

फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विजयी भयो।

न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनायो।

टस हारेर पहिला ब्याटिंग गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको थियो।

योसँगै न्युजिल्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको छ।

यस अघि महिला टी–२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङल्याण्ड र वेस्ट इन्डिजले एक एक पटक जितेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर