Aamsanchar

युएईमा एक दिने समाचार, माइन्युट लेखन तथा उद्‍घोषण तालिम सम्पन्न

Author Image
सोमवार, कार्तिक ५, २०८१

युएई । नेपाल आदिवासी जनजाति महासङ्घ युएई र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ युएईको संयुक्त आयोजनामा एक दिने समाचार लेखन, माइन्युट लेखन तथा उद्‍घोषण तालिम आज बरदुबई  स्थित सिल्भर स्पुन रेष्टुरेन्टको सभा हलमा सम्पन्न भयो ।

नेपाल आदिवासी जनजाति महासङ्घका संरक्षक लक्ष्मण श्रेष्ठको प्रमुख आतिथ्य तथा अध्यक्ष विक्रम लिम्बुको सभापतित्वमा सम्पन्न उक्त तालिममा स्वागत मन्तव्य एवं कार्यक्रमका बारेमा महासचिव डिके किराँतीले राखेका थिए ।

महासङ्घमा आवद्ध सबै मातृ संस्थाबाट सहभागिता रहेको तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ युएईका अध्यक्ष फलेन्द्र बलम्पाकी मगर र सचिव सूर्यबहादुर खवासले सहजीकरण गरेका थिए । उक्त कार्यक्रम नेफिन युएईकी प्रवक्ता मनिषा लिम्बुले सञ्चालन गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर