Aamsanchar

नेपालले आज माल्दिभ्ससँग खेल्दै

Author Image
सोमवार, कार्तिक ५, २०८१

काठमाण्डौ – साफ महिला च्याम्पियशिप फुटबलमा आज आयोजक नेपालले माल्दिभ्ससँग खेल्दैछ । समूह ´बी` को यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । साफ च्याम्पियनशिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो ।

यसअघि साफको ६ संस्करणमा समूह चरणको सबै खेलमा नेपालले कम्तीमा १ गोल गरेको थियो । यस्तै माल्दिभ्स पहिलो खेलमा श्रीलङ्कासँग १–० गोलले पराजित भएको थियो ।

नेपाल र माल्दिभ्सको खेलअघि दिउँसो साढे १ बजो भुटान र श्रीलङ्का खेल्दैछन् । समूह ´बी` मा श्रीलङ्का ३ अङ्कसहित शीर्ष स्थानमा छ । नेपाल र भुटान १/१ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छ । माल्दिभ्स अङ्कविहीन हुँदै पुछारमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर