Aamsanchar

अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

Author Image
सोमवार, कार्तिक ५, २०८१

बाजुरा – बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ। असोज २५ गते अरिङ्गालले टोकेर गम्भीर घाइते भएका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो।

भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए। भैंसी गोठनजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए।

उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भारत लगिएको थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर