Aamsanchar

आज घोराहीमा १० जना जुवाडे पक्राउ

Author Image
सोमवार, कार्तिक ५, २०८१

दाङ । दाङको घोराही उपमहानगरपालिका १५ उषा टोल बाट जुवाडेहरू पक्राउ परेका छन् ।
आज (सोमबार) स्थानीय शरद लामिछानेको एकतला घरको कोठामा जुवा तास खालीरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जुवा खेलमा संलग्न घरधनी शरद लामिछाने, स्थानीहरू केवल खत्री, बागसिंह केसी, नरेश रोका, विष्णु श्रेष्ठ, बिनोद हिमानी, केशरबहादुर पछाई त्यसैगरी नरेश बूढा, धनबहादुर रोका र पदम केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

तासको खालबाट ७० हजार ६६० रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर