Aamsanchar

सुनको भाउ फेरि बढ्याे

Author Image
मङ्गलवार, कार्तिक ६, २०८१

काठमाण्डौ – सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि एकैदिन ६ सय रुपैयाँले बढेर सुनको भाउमा कीर्तिमान बनेको थियो ।

दशैँ बिदापछि सुनको भाउ लगातार बढिरहेको छ । दशैँ बिदापछिको पहिलो दिन एक हजार चार सयले बढेर तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता बढिरहेको हो । सुनको भाउ सात दिनमा पाँच हजार चार सय रुपैयाँले बढेको छ ।

मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको दुई हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बढ्यो शेयर बजार परिसूचक नेप्से
मङ्गलवार, कार्तिक ६, २०८१
सुनकाे भाउ बढेकाेबढ्यै
आइतवार, कार्तिक ४, २०८१