Aamsanchar

बिर्तामोड कृषिथोक बजारको एक होलसेलमा अत्याधिक विषादी प्रयोग भएको टमाटर

Author Image
मङ्गलवार, कार्तिक ६, २०८१

बिर्तामोड । बिर्तामोड कृषि थोक बजारमा ल्याइने भारतीमा उत्पादित तरकारीहरूमा अत्याधिक विषादि प्रयोग गरिएको खबरहरू धेरै आउने गरेको छ, पछिल्ला दिनहरूमा नेपाली कृषकले उत्पादन गरेको टमाटरलगायत तरकारीहरूमा पनि धरै मात्रामा विषादि प्रयोग हुने थालेको पाइएको छ ।

आज अर्ग्यानिक जिल्ला भनेर चिनिने इलाममा उत्पादित टमाटर झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको थियो तर उक्त  टमाटर खान अयोग्य रहेको जनाइएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको छ । ती टमाटर इलामबाट आयात गरिएको हो ।

कृषि थोकका व्यवसायी मनिष शाहले आयात गरेको टमाटरमा ५६,८२१५ अर्गानो फस्फेट देखिएको प्रयोगशालाले जनाएको छ । विषादी परीक्षणमा ४५ भन्दा माथि अर्गानो फस्फेट देखिएमा डिस्पोज गर्ने गरिन्छ ।

विषादीयुक्त फलफूल र तरकारीबाट कसरी बच्ने ?

बजारबाट ल्याएको फलफूल तरकारीलाई राम्ररी धुने, पखाल्ने गर्नुपर्छ, तर धोइपखाली गर्दा समेत विषादी नजान सक्छ । त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन हामीले भिनेगर, बेकिङ सोडा वा नुनको प्रयोग गर्न सक्छौं । घरको भान्सामा सजिलै उपलब्ध हुने हुनाले नुनको प्रयोग सहज र उपयुक्त हुनसक्छ । नुनको प्रयोग गर्दा प्रतिलिटर पानीमा सय ग्राम नुन हाल्नुपर्छ ।

त्यसपछि नुनपानीमा विषादीयुक्त फलफूल र तरकारी २० मिनेटसम्म डुबाएर राख्नुपर्छ । यसले धेरै मात्रामा विषाक्त पदार्थ निकाल्न मद्दत गर्दछ । त्यसपछि फेरि सफा पानीले धोएपछि खानका लागि योग्य बनाउन सकिन्छ ।

स्वास्थ्य मन्त्रालयलाई जनताको सुस्वास्थ्यमा त्यति सरोकार नभए पनि आफ्नो स्वास्थ्यका लागि विषादीमुक्त फलफूल र तरकारी खानु निकै बुद्धिमानी हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर