Aamsanchar

पिकअपमा अवैध मदिरा लिएर ताप्लेजुङ जाँदै गर्दा झापा बुद्धशान्तिका दुईजना पक्राउ

Author Image
मङ्गलवार, कार्तिक ६, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । कार्तिक ५ गते बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलामको फिक्कलबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे.१ च ४२१४ नम्बरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० कार्टुन सिक्किमे मदिरा बरामद गरेको हो । 

बरामद भएको अवैध मदिरा, मदिरा ओसार पसारमा संलग्न बुद्धशान्ति गाउँपालिका- ३ का महेन्द्र बर्देवा, सवारी साधन र चालक बुद्धशान्ती-३ का सनम राई समेतलाई आवश्यक कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर