Aamsanchar

अभद्र व्यवहारको आरोपमा दुईजना युवक पक्राउ

Author Image
मङ्गलवार, कार्तिक ६, २०८१

ताप्लेजुङ-ताप्लेजुङमा अभद्र व्यवहारको आरोपमा दुईजना युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका –४ का २१ वर्षीय प्रदीप पौडेल र वडा ८ का निश्चल गुरुङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतको सक्रियताले सोमबार साँझतिर पौडेल र गुरुङ पक्राउ परेका हुन् । पक्राउ परेका युवकमाथि फुङ्लिङस्थित न्यू कञ्चनजङ्घा सहकारी संस्थामा आफ्नो काम सकेर घर फर्कदै गर्नुभएका फुङलिङ नगरपालिका –८ का सन्तोष गुरुङलाई अभद्र व्यवहार गरेको आरोप छ ।

फुङ्लिङ नगरपालिका –५ को उकालीपानी क्षेत्रमा बाटोमा हिंडिरहनुभएका गुरुङमाथि धारिलो हतियार प्रहारको प्रयाससँगै धम्की दिएर दुई युवकले अभद्र व्यवहार गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका दुवै जनालाई ताप्लेजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ । अभद्र व्यवहार कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर