Aamsanchar

सेनाले यसरी गर्दैछ भारतबाट आएकाे जाहजका यात्रु र सामानको चेकजाँच

Author Image
मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं – भिस्तारा एयरलायन्सको जहाजमा बम रहेको सूचना आएपछि नेपाली सेनाको टोलीले चेकजाँच सुरु गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्तमा जहाजमा सवार यात्रु र सामानहरूमा सेनाको टोलीले परीक्षण गरिरहेको छ। सेनाले शंकास्पद् बस्तु खोज्न कुकुर पनि परिचालन गरेको छ।

भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको युके १५५ उडान नम्बरको जहाजमा बम रहेको सूचना प्राप्त भएपछि आवश्यक सतर्कता अपनाइएको विमानस्थल स्रोतले जनाएको छ। विमानस्थलबाट हुने जहाजहरूको उडान र अवतरण भने रोकिएको छैन।

दिल्लीस्थित भिस्तारा एयरलाइन्सका अधिकारीले कसैले फोन गरेर काठमाडौं उडेको जहाजमा बम भएको बताएपछि त्यहाँबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खबर आएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर